गिरीराजमणि पोखरेललाई ‘अपराधी’ भनेपछि माओवादीले बोलायो स्थायी कमिटी बैठक

गिरीराजमणि पोखरेललाई ‘अपराधी’ भनेपछि माओवादीले बोलायो स्थायी कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । नेता गिरीराजमणि पोखरेललाई अपराधी भनिएकाबारे छानबिन गर्न माओवादी केन्द्रले आपतकालीन स्थायी समिति बैठक बोलाएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा बुधबार प्रदेश २ बाट बन्दसत्रका अध्यक्ष मण्डल पोखरेललाई अपराधी भनिएबारे छानबिन गर्न माग भएपछि स्थायी समितिको आपतकालीन बैठक बस्न लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जनाकारी दिए ।

साथै उनले अन्य केही विषयमा महत्वपूर्ण छलफल हुन लागेकोसमेत जानकारी दिए । बैठक प्रज्ञा प्रतिष्ठान परिसरमै बस्ने भएको हो । आफूलाई प्रतिनिधिले अपराधी भनेपछि नेता पोखरेल बिहीबारको बन्दसत्रमा उपस्थित भएका छैनन् ।

भएको के हो ?

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको तेस्रो दिन बुधबार प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफल भइरहेको थियो ।

सो विषयमा २५ वटा समूह बनाइ समूहगत भएकोे छलफलका क्रममा समूह ६ र ७ मा प्रदेश २ का प्रतिनिधि सहभागी थिए। अध्यक्षको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य गुरुङको विधान मस्यौदामाथि छलफलका क्रममा प्रदेश २ का माओवादी नेता सत्यनारायण भवतको बोल्ने पालो आयो । समूह ६ र ७ को समन्वय गर्ने जिम्मेवारी पाएका थिए नेता गणेश साहले ।

नेता भगतले बोल्ने क्रममा माओवादी नेता गिरिराजमणि पोखरेललाई अपराधीको संज्ञा दिए । उनले माओवादी जनयुद्धमा पहिलो मधेसी सहिद बनेका रामवृक्ष यादवको सालिक ढालेर निर्मल लामाको सालिक बनाउन लागेको भन्दै आपत्ति जनाए। उनले रामवृक्ष यादवको सालिक पोखरेलको अगुवाईमा ढालिएको उल्लेख गर्दै सहिदको सालिक ढाल्ने मान्छे नेता नभएर अपराधी भएको उनले आरोप लगाएका थिए ।

माओवादी जनयुद्धका क्रमम मधेसको पहिलो सहिद बनेका रामवृक्ष यादवको सालिक महोत्तरीमा निर्माण गरिएको थियो । गत वर्ष उक्त सालिक ढालेर सो ठाउँमा निर्मला लामाको सालिक बनाउन लागेको भन्दै माओवादी भित्र विवाद हुँदै आएको छ ।

यादवको सालिक ढालेपछि सहिदको अपमान गरेको भन्दै बुधबार सत्यनारायण भगतले पोखरेलमाथि सालिक ढालेर अपराध गरेको आरोप लगाएका हुन् ।