‘राष्ट्रिय शिक्षा नीति २०७६’ सार्वजनिक

‘राष्ट्रिय शिक्षा नीति २०७६’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ‘राष्ट्रिय शिक्षा नीति २०७६’ सार्वजनिक भएको छ ।

नीतिमार्फत अपांगता भएका बालबालिकाको सिकाई आवश्यकता पूरा गर्न समावेशी शिक्षा र विशेष शिक्षा अवसर प्रदान गर्ने र जीवनोपयोगी तथा व्यावसायिक सीप विकास लागि पाठ्यक्रम तथा पाठ्यसामाग्री अनुकुलन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले बताए ।

उनले भने, ‘अर्निवाय तथा निशुल्क आधारभुत शिक्षा सबैको पहुँच सुनिश्चित गर्ने र आधारभुत शिक्षामा स्कुल जोइनिङ् अवधारणा कार्यान्वयनमा ल्याउने गरी नीति आएको छ । मन्त्री पोख्रेलले शिक्षा मन्त्रालयमा १९ महिना १९ दिनको अवधिमा आफूले गरेको काम विवरणसमेत सार्वजनिक गरेका छन्।