विवाहको तीनदिनअघि आफैँले सिउँदोमा सिन्दुर लगाएर युवतीले गरिन् आत्महत्या


एजेन्सी – भारतको छत्तीसगढस्थित बिलासपुर प्रेमीसँग विवाह हुन तीनदिनमात्र बाँकी हुँदा एक युवतीले आत्महत्या गरेकी छन् । शुक्रबार आफ्नै प्रेमीसँग विवाह हुन लागेकी युवतीले मंगलबार बिहानै आत्महत्या गरेकी हुन् ।

बिलासपुरकी १८ वर्षीया ज्योति सुर्यवंशीको छिमेकी गाउँ ढेकामा विवाह पक्का भएको थियो । ज्योतिले आफ्नो घरपरिवारसँग आफ्नो अर्कै केटासँग प्रेमसम्बन्ध रहेको र आफूले त्यो केटासँग मात्र विवाह गर्ने बताइन् ।

ज्योतिको प्रेमी पनि सोही गाउँमा बस्थे । ज्योतिको चाहनाअनुसार घरका सदस्यहरुले पनि प्रेमीकै साथमा उनको विवाह गरिदिन राजी भए । त्यसपछि उनीहरुले ढेका गाउँको केटासँग पक्का भएको विवाह तोडिदिए ।

विवाहको मिति आगामी शुक्रबारलाई तय गरिएको थियो । विवाहको पूरा तयारी पनि भइसकेको थियो अब बाँकी थियो त विवाह गरेर बेहुली अन्माउन मात्रै । तर यस्तो हुन पाएन, माहोल त्यसअघि नै बदलियो ।

मंगलबार बिहान ज्योति ५ बजे उठेर शौचालयका लागि जंगल गइन् । लामो समयसम्म नआएपछि घरका सदस्यहरुले उनलाई खोज्न थाले । ज्योतिको खोजी गर्दा उनी घरभन्दा अलि पर सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिइन् ।

उनको अवस्थाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि अस्पताल पठायो । युवतीले आत्महत्या गर्नुको कारणबारे अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरपरिवार र उनका प्रेमीसँग पनि सोधपुछ गरेको छ । युवतीको सिउँदो सिन्दुरले भरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement