नेपालमा ग्लोबल कन्क्लेभ हुँदै

नेपालमा ग्लोबल कन्क्लेभ हुँदै


काठमाण्डु – नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्जेमेन्टले आफ्नो स्थापना काल देखिको अहिले सम्मकै ठुलो तीन दिवसीय ग्लोबल कन्क्लेभ आयोजना गर्ने भएको छ ।

गैरसरकारी संस्थाका माध्यमबाट यस किसिमको भब्य कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको हो । यहि असार ११ देखि १३ गतेसम्म आयोजना हुने यस कार्यक्रमको मुख्य उदेश्य, नेपाललाई विश्व मन्चमा परिचित गराउने तथा जोड्ने रहेको आयोजकले बताएको छ ।

कार्यक्रममा करिव चालिस भन्दा बडि देशबाट दुई सय हाराहारीमा विभिन्न विधाका नेता, शिक्षाविद्, कूटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा विशेषज्ञहरुको सहभागी हुने कुरा सुनिश्चित भैसकेको र यस अन्तर्गत ४६ वटा कार्यक्रमहरु हुने बताइएको छ ।

भेलामा श्रीलंकाका परराष्ट्र मन्त्री दिनेश गुणवार्डना, भारतीय पूर्व रेल मन्त्री सुरेश प्रभाकर प्रभु, संयुक्त राष्ट्रका पूर्व उपमहासचिप तथा विद्वान शशि थरूर, माल्दिभ्स राज्यका शिक्षामन्त्री अब्दुल्ला रशीद अहमद, श्रीलंकाका विदेश सचिव डा जयनथ कोलंबिया, जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेका विशेष सल्लाहकार प्रो. तनिगुची टोमोहिको र नेपाल तथा भारतका प्रतिष्ठित व्यक्तिहरु जस्तै पूर्व विदेश सचिवहरु, आर्मी अफिसरहरु, विज्ञ र शिक्षाविद्हरू सहभागी हुँदैछन् ।

यस कार्यक्रममा उपस्थित बिज्ञहरुले नेपालको विदेश नीति, भारत र चीनको विदेश नीति, नेपालमा प्रत्यक्ष बैदेशिक लगानी तथा सहयोग, नेपालको भारत र चीनसँगको सम्बन्ध, सिलिगुडी करिडोरको सुरक्षा, इन्डो प्यासिफिक रणनीति को भविष्य, चीनको उदय, एसियाको उदय, सफ्ट पावर र सार्वजनिक कूटनीति, आणविक निरस्त्रीकरण, हतियार नियन्त्रण र अप्रसार, बाइडेन प्रशासन अन्तर्गत अमेरिकी विदेश नीति, सार्क र बिम्सटेक, अन्तर्राष्ट्रिय सम्बन्धमा अन्तरदेशिय बसाइसराइमा महामारिको प्रभाव लगायतका बिसयमा छलफल हुनेछ ।

कार्यक्रमका सम्बन्धमा यस इन्स्टिच्युटका प्रमुख डा.प्रमोद जैसवाल भन्छन, ‘यस कार्यक्रमले मुलतः बदलिदो विश्वव्यापी तथा छेत्रीय भुराजनीतिकका विभिन्न आयामका बारेमा हामीलाई अझ नजिकबाट बुझ्न तथा अवलोकन गर्न सहयोग गर्नेछ र बदलिदो भुराजनितिक परिस्थितिमा नेपालले कसरी आफ्ना स्वार्थहरुलाइ सुनिश्चित गर्दै प्रगति तथा विकाशको बाटोमा अघि बढ्नका लागि आवश्यक नीति निर्माणकाबारे पनि यो कार्यक्रम सहयोगी हुनेछ ।’

यस मेगा कन्क्लेभलाई विश्वका धेरै प्रतिष्ठित विश्वविद्यालय र थिंक ट्याङले सहयोग गरिरहेका छन, जस्तै भारतको जवाहरलाल नेहरू विश्वविद्यालय, सिंगापुरको नेशनल युनिभर्सिटीको दक्षिण एशियाई अध्ययन संस्थान, र अमेरिकी युएस विश्वविद्यालय, जर्ज वाशिंगटन विश्वविद्यालयको इलियट स्कूल अफ इन्टरनेशनल अफेयर्स, चीनको फुडन युनिभर्सिटी, थाईल्याण्डको चौललोन्कोन विश्वविद्यालय, जर्मनीको कोलोन युनिभर्सिटी, युनाइटेड सर्विस इन्स्टिट्युसन अफ इण्डिया, र बंगलादेश इन्टरप्राइज इन्स्टिच्यूट, रोमानियाको रोमानियाली इन्स्टिच्युट फर यूरोप एशिया स्टडीज, रोमनियाको नेशनल मेरीटाइम फाउण्डेशन, दक्षिण एसिया डेमोक्रेटिक फोरम अफ बेल्जियम, चिनको शेन्जेन युनिभर्सिटी, श्रीलंकाको राष्ट्रिय सुरक्षा अध्ययन संस्थान र क्यानडाको भारत केन्द्रले पनि यस सम्मेलनमा सहयोग पुर्याउने छन् ।