जागिरेलाई बिना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने ग्लोबल आइएमइ बैंककाे घाेषणा


काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले  “ग्लोबल आइएमई प्रोफेशनल कर्जा” योजना ल्याएको छ।

पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी बैंकले बिना धिताे १५ लाख रुपैयाँसम्म ऋण दिने याेजना ल्याएकाे हाे।

जसअन्तर्गत विभिन्न पेशामा सम्बद्ध व्यक्तिहरु डाक्टर, इन्जिनियर, सिएलगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुकाे  “प्रोफेशनल लोन”  मा  धितो उपलब्ध हुने छ।

मासिक किस्ता बन्दीमा ५ वर्षसम्मको लागि ऋण पाइनेछ। यो ऋण बैंकका सबै शाखाहरुबाट उपलब्ध हुने छ।

अहिले बैंकले कृषिमा आधुनिकीकरणको लागि कृषि कर्जा देखि साना तथा मझौला व्यवसायीलाई लक्षित गरि साना तथा मझौला व्यवसायी कर्जा, विद्यार्थीहरुको उज्जवल भविष्यको लागि एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधा प्रदान गर्दै आएको।

साथै उच्चतम व्याजदरको साथमा बिमा सुविधा सहितको नवरत्न बचत खाता लगायत अन्य बचत खाताहरु मार्फत पनि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
Advertisement