ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र ५ देखि ११ गते (तद्नुसार मार्च १९ देखि २५) सम्म ७ दिनका लागि मान्य रहनेछ ।

यस योजनाको अन्त्यमा, बैंकको डेबिट-क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।

बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ-कमर्श)लाई प्रवर्द्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय-समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।