काठमाण्डु – ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखा रहित बैंकिङ्ग सेवा संचालनमाआएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या २३९ पुगेको छ ।
बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. २, खैरापुरमाखोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा साबित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानियप्रतिनिधिमार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने,डिसहोम,सिडिएमए,यूटीएल,एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवालिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्यआयस्रोत रहेको यी क्षेत्रकाबासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागिग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४शाखा सञ्जाल सहित२३९ एटिएम, ४७एक्सटेन्सन काउण्टर तथाराजश्व संकलन काउण्टर, २३९शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्र्पक कार्यालय मार्फतआफ्ना२१लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दैआइरहेकोछ।




प्रतिक्रिया