ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता

ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाबीच सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुले सोहोटल, रिसोर्ट एण्ड स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.काउपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात ल्याण्डमार्क होटल रिसोर्ट को काठमाण्डु, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट,क्रेडिट,प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणाली मार्फत भुक्तानी गर्दाबैैंकका ग्राहकतथा कर्मचारीहरुले छुट पाउने छन् ।