ग्लोबल आइएमई बैंकले थप्यो दुईवटा नयाँ शाखा

ग्लोबल आइएमई बैंकले थप्यो दुईवटा नयाँ शाखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गर्ने क्रममा आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–५ हरिसिद्धिमा र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका–६ होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ ।