ह्वावेले नेपाली युवालाई थप प्रविधिमैत्री बनाउन काम गरिरहेकाे छ : मन्त्री पौडेल

ह्वावेले नेपाली युवालाई थप प्रविधिमैत्री बनाउन काम गरिरहेकाे छ : मन्त्री पौडेल


काठमाण्डु –  शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइसीटी क्षेत्रमा विश्वव्यापी रूपमा अगाडि बढिरहेको ह्वावेले नेपाली युवाहरूलाई थप प्रविधिमैत्री बनाउन काम गर्न सक्ने बताएका छन् । साेमबार काठमाण्डुमा आयोजना गरेकाे कार्यक्रममा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । त्यस्तै उनले नेपालको आइसीटी क्षेत्रमा र आइसीटी क्षेत्रमा रहेका नेपाली विद्यार्थीको विकास गर्न ह्वावेले गरेको कामकाे प्रशंसा गरेका थिए ।

नेपालमा पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा ९ विभिन्न आइसीटी पृष्ठभूमिबाट आएका, ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए । उनीहरुलाई  मन्त्री पौडेलले प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपालभरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रिया पछि प्रतिष्ठित आइसीटी प्रोफेसरहरु मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो, र ती विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिए, टिच फाेर गुड प्रोजेक्टमा सहभागी भए, घान्द्रुकमा ह्वावेद्वारा निर्मित फाेर जी बेस स्टेशनको भ्रमण गरे र डिसहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षाहरूमा भाग लिएका थिए ।

सहभागी विद्यार्थीहरूले टिच फाेर विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक र/वा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २० हजार, डलर सम्मको पुरस्कार जित्न सक्नेछन् । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो ।

त्यसयता १३० देश र क्षेत्रका ९ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइ सकेका छन् ।

नेपालका लागि चीनका राजदूत होउ यान्छीले एसिया-प्यासिफिक क्षेत्रका धेरै मानिसहरूलाई लाभान्वित गर्न सरकारहरूले इनोभेसन-संचालित विकासका सिद्धान्तहरू पालना गर्न, डिजिटल अर्थतन्त्रको नयाँ इन्जिनलाई प्रज्वलित गर्न र डिजिटल प्रविधिहरूको उपलब्धिहरूलाई सक्षम पार्नु पर्ने कुरामा जोड दिएकी दिइन् ।

उनले कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूले विज्ञान र प्रविधिमा अग्रगामी बन्ने र चीन र नेपालबीच पुलको काम गर्ने आशा व्यक्त गरिन् । राजदूत होउले ह्वावेको नेपालप्रतिको २१-वर्षे प्रतिबद्धता, नेपालको सूचना सञ्जाल निर्माणमा संलग्नता र नेपालमा सबै क्षेत्रलाई डिजिटल रूपान्तरणमा सहयोग पुर्याउने प्रयासको प्रशंसा समेत गरिन् ।

कार्यक्रममा ह्वावेका प्रमुख कार्यकारी अधिकृत विलियम झांगले फाइनलिस्टहरुलाई बधाई दिदै १०० प्रतिशत ग्राजुएसन रेटमा प्रसन्नता व्यक्त गरे । विद्यार्थीहरुले आफ्नो साथीहरुलाई यस्ता कार्यक्रममा सहभागी हुन बढावा दिनेछन् र ह्वावेको अनलाइन लर्निंग प्लाटफर्ममा आफ्नो सिक्ने यात्रा जारी राख्ने छन् भन्ने उनले आशा राखेका छन् ।