ग्लोबल आईएमई बैंकका ग्राहकलाई दशैंमा डिजिटल कारोबार गर्दा ‘क्यास ब्याक’

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दशैंमा डिजिटल कारोबार गर्दा ‘क्यास ब्याक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आईएमई बैंकले बडादशैंको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाइलो’ नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यास ब्याक योजनाहरू सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मशिनबाट भुक्तानी गर्दा ३००–५०० रुपैयाँसम्मको नगद फिर्ता हुनेछ ।

नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले योजना अवधिभर कम्तीमा १००० रुपैयाँको ३ वटा कारोबार गरेमा ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५०० रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुनेछन् ।

दशैं योजना असोज २८ गते घटस्थापनाको दिनदेखि कात्तिक ७ गते बडादशैं (दशमी) को दिनसम्म लागू हुनेछ ।

बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफूलाई आवश्यक सरसमानहरू खरिद गर्दा क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘दशैं’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।