गोवा आगलागी : मृतक पाँच नेपालीको शव ल्याउने तयारी

गोवा आगलागी : मृतक पाँच नेपालीको शव ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको गोवामा एक नाइट क्लबमा भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपालीको शव नेपाल ल्याइदैँ छ ।

गत शनिबार नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । घटनामा अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए ।

गोवा प्रहरीका अनुसार घटनामा नेपाली नागरिकमा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल, झापाका सविन विश्वकर्मा र सुदीप गुरुङ डडेलधुराका मनोज जोराको मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार दिल्लीस्थित नेपाली दूतावास तथा स्थानीय नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी भइरहेको छ । यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया सकेको छ ।

गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शवलाई एयर एम्बुलेन्समार्फत लखनऊ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पु¥याउने व्यवस्था गरिएको छ ।

अन्यको हकमा पनि थप पहल जारी रहेको र त्यहाँ रहेका नेपालीले आर्थिक जोहोसमेत गरेर शव पठाउने व्यवस्थामा सघाइरहेका छन् ।

नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।