प्रलोपाले रुपन्देही‍-३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो

प्रलोपाले रुपन्देही‍-३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही-३ का उम्मेदवारलाई पार्टीबाट निकालेको छ ।

प्रलोपाबाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गोविन्द काराखेती पार्टीबाट निष्कासित गरेको हो ।

पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो ।

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।

रास्वपालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेपछि प्रलोपाले पार्टीबाट कारबाही गरेको हो ।