डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, मुटुको धड्कन अनियमित


काठमाण्डु – अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । २४ दिनदेखि अनसनरत डा. केसीको रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरुले बताएका छन् ।

केसीको शरीरमा अक्सिजनको मात्रा काम भएको बताइएको छ । डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार थकान, रिंगटा लाग्ने, मुटुको धड्कन अनियमित हुने लगायतका समस्या देखिएको छ ।

सरकारले डा. केसीलाइ अनसन तोड्न आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् । मंगलबार वार्ताका लागि पुगेको सरकारी टोलीलाई डा. केसीले अनसन नतोड्ने जवाफ दिएका थिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पनि डा. केसीलाई अनसन तोड्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement