काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेल २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका मागबारे वार्ता गर्न बालुवाटार पुगेका छन् ।
शनिबार मन्त्री पोखरेल डा. केसी पक्षको वार्ता टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली समक्ष वार्ता गर्न बालुवाटार पुगेका हुन् । मन्त्री पोखरेलले डा. केसीका माग पूरा गर्नका लागि प्रधानमन्त्रीसमक्ष लिएर गएको स्रोतले जानकारी दियो ।
डा. केसीको स्वास्थ्यअवस्था दिनानुदिन बिग्रिँदै गएको छ । डा. केसी पक्षले सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको आरोप लगाएको छ । डा. केसी पक्ष र सरकारबीच शुक्रबार राती वार्ता भएको थियो ।




प्रतिक्रिया