काठमाण्डु – डा. गोविन्द केसीले २८ औं दिनमा अनसन तोडेका छन् । शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले १९ औं अनसन तोडेका हुन् ।
डा. केसीलाई त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडाएका हुन् ।
शनिबार राती प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री गिरीराजमणी पोखरेल र केसी पक्षका वार्ता टोलीबीच बालुवाटारमा भएको वार्ता भएको थियो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।
सहमतिमा उल्लेख भएको बुदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति समेत भएको छ ।




प्रतिक्रिया