डा. केसीलाई आईसियूमा भर्ना गरियो

डा. केसीलाई आईसियूमा भर्ना गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डा. गोविन्द केसीलाई आईसियू भर्ना गरिएको छ । २८ औं दिनमा १९ औं अनसन तोडेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई आईसियूमा राखेर उपचार सुरु गरिएको हो । उनले सरकारले माग पूरा नगरेसम्म कुनै पनि उपचार सेवा नलिने बताएका थिए ।

शनिबार राती सरकार र डा. केसी पक्षबीच ८ बुँदे सहमति भएपछि उनले आज बिहान अनसन तोडेका थिए । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् ।

केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अनशन शुरु गरेका स्वास्थ्यस्थिति खराब हुन थालेपछि सरकारले काठमाण्डु ल्याएको थियो ।

गएराति सरकारी वार्ता समिति र डा केसीबीच आठ बुँदे सहमति भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संंयोजक गोपी मैनाली र डा केसीले सहमतिमा हस्ताक्षर गरेका थिए ।

सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेसमेतको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ ।

यस्तै प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको अन्तिम चरणमा रहेको छ र हाल विस्तृत परियोजना प्रस्ताव सम्बन्धि कार्य प्रारम्भ भइसकेको जनाएको छ ।