काठमाडाैं– उच्च अदालत विराटनगर ३३ केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौलालाई साधारण तारेखमा छाड्न आदेश गरेको छ।
उच्च अदालत विराटनगरमा बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले निरौलालाई साधारण तारेखमा राख्दै मुद्दाका पूर्पक्ष गर्न आदेश गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करलाई सघाएको आरोपमा अवकाशलगत्तै पक्राउ परेका निरौला पुझुम्का कारागार सुनसरीमा र्पक्षका लागि थुनामा छन्।
पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरेको थियो । महानगरीय प्रहरी त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालको प्रमुख हुँदा निरौलाले सुन तस्करी गरेको आरोप लागेको थियो ।
सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि २० चैत २०७४ मा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा टोली गठन गरेको थियो। अनुसन्धानमा निरौलाले सुन तस्कर चुणामणि उप्रेती सहितको समूहलाई सघाएको खुलेको थियो। टोलीले बरामद गरेको राजिस्टारमा निरौला समेतले रकम लिएको देखिएपछि उनीविरुद्ध कारबाही भएको थियो।
सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र गोरेका सहयोगी रामकुमार तिवारीलाई रिहा गर्न आदेश दिएको थियो।




प्रतिक्रिया