काठमाण्डु – राजधानी काठमाण्डुको बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा भीषण आगलागी भएको छ ।
आज सोमबार साँझ सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी भएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि उपत्यकाका ७ वटा दमकल खटिएका छन् ।
आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँ फैलिएको छ । अग्नि नियन्त्रकको ठूलो टोली परिचालन भएको छ ।
दमकलसँगै दर्जनौं पानी बोक्ने ट्यांकरलाई पनि आगो नियन्त्रणका लागि खटाइएको छ ।
सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा देशभरका ब्यारेकमा पठाइने जिन्सी सामान राख्ने गरिन्छ । सशस्त्र प्रहरीले गोेदाममा लत्ताकपडा, जुत्ता, मण्डी, म्याट्रेस र चुस्ता सहितका सामान राखेको थियो ।




प्रतिक्रिया