गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन सौराहामा सम्पन्न

गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन सौराहामा सम्पन्न


काठमाण्डु – चौधरी ग्रुपअन्तर्गत रहेको गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन, सौराहामा सम्पन्न भएको छ । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आप्mनो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।

ग्बोल नं. २ ब्राण्ड टि.सि.एल र ६३ वर्ष भन्दा पुरानो इतिहास बोकेको गोद्रेज एप्लाईन्सेसको यस क्षेत्रिय सम्मेलनमा आफ्नो व्यापारिक सझेदारबीच कम्पनीले आफ्नो मिसन÷भिजन, रणनीती, विभिन्न चुनौती र अवसरकाबारेमा बृहतरुपमा छलफल गरेको छ ।

उक्त सम्मेलनलाई टि.सि.एल. कर्पाेरेशनकी डाइरेक्टर अफएशियन डिस्ट्रिब्युसन् बिजनेस मिस केरोलिन ले विगत १५ वर्ष देखिको चौधरी ग्रुप सँगको व्यापारीक साझेदारीको बारेमा महत्व दिदै टि.सि.एल.ले अबको आगामी वर्षहरुमा थप स्मार्ट र हेल्दियर प्रोडक्टहरुमा फोकस रहने भन्ने बारेमा जानकारी दिइन् ।

साथै गोद्रेज एप्लाईन्सेस इन्डियाका एक्पोर्ट हेड मिस्टर सलाम सिंङ्गले गोद्रेजका नयाँ इनोभेटिभ प्रोडक्टहरु बजारमा ल्याउने तथा, एक्सक्लुुसिभ शोरुम नेपालमा बनाउने र २०२२ सम्ममा गोद्रेजलाई नेपालको नं.२ ब्राण्ड बनाउनेभनेर सम्बोधन गर्दै प्रकाश पारेका छन् ।

चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर मिस्टर निर्भाना चौधरीले पनि सम्पूर्ण व्यापारीक साझेदारहरुलाई विगत वर्षमा रहेको चुनौती पूर्ण व्यापारीक वातावरणमा पनि साथ, सहयोग दिएर व्यापारलाई अझमाथी पु¥याउन साहायेग गरेकोमा धन्यवाद ज्ञापन दिनुका साथै, उक्त चुनौतीबाट अवसर पनि सृजना भएको र आउने दिनहरुमा यसरीनै क्षेत्रिय स्तरमा, व्यापारलाई अझ बढाएर एकिकृत उपलब्धीगर्ने र आउने वर्षमा व्यापारलाई दोब्बरगर्ने विश्वास र प्रतिवद्धता व्यक्त गरेकाछन् । यस गोद्रेज तथा टिसिएल ब्राण्डको आधिकारीक विक्रेताचौधरी ग्रुपअन्र्तगत इ.ओ.एल. प्रा.ली रहेको छ ।