गोदरेजको नयाँ उत्पादन ‘भेरोसिल्ड’ बजारमा

गोदरेजको नयाँ उत्पादन ‘भेरोसिल्ड’ बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोदरेज एप्लाएन्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । आफ्ना नयाँ उत्पादनलाई अग्रसर गर्दै गोदरेजले नयाँ सामग्री भेरोसिल्ड बजारमा ल्याएको हो ।

कोरोना महामारीको विषम परिस्थितीलाई मध्यनजर गर्दै गोदरेजले उक्त सामग्री उत्पादन गरेको हो । उक्त भेरोसिल्ड नेपाली बजारमा समेत बिक्री वितरण समेत सुरु भइसकेको कम्पनीले जनाएको छ । यस भेरोसिल्डले २ देखि ६ मिनेटमा कोरोना भाइरसलाई कीटाणुरहित बनाउने काम गर्दछ ।

भेरोसिल्डले विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, घडी, चस्मा, चाबी, जुत्ता, किताब, लगायतलाई किटाणुरहित बनाउने गर्छ ।

नेपाली बजारमा गोदरेजका लुगा धुने मेसिन, माइक्रोवेब ओभन, सिंगल तथा डबल ढोका भएको फ्रिज लगायत घरायसी सामग्रीहरु उपलब्ध छन् ।