काठमाण्डु – आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयुक्त मानिएको छ । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयुक्त मानिएको हो ।
२ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्दछ । भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिने छ ।
भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंक जस्ता सामानहरु भने राख्न नहुने कम्पनिले जनाएको छ । ।
आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ ।
कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गईरहेको र हामी मात्र नभई हाम्रा सरसामाग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाईरोसिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ । यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।




प्रतिक्रिया