ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट

ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएका छन् । आफ्नो स्थानमा रामेश्वर राय यादवले पदभार ग्रहण गरेपछि विष्ट बिहीबार ट्याक्सी चढेर निवासतर्फ लागेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए । सामाजिक सञ्जालमा मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै चर्को आलोचना भएको छ ।

आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उनले बताएका छन् ।