केपी ओली एक मिनेट पनि सत्तामा बस्न लायक छैनन्ः गोकर्ण विष्ट

केपी ओली एक मिनेट पनि सत्तामा बस्न लायक छैनन्ः गोकर्ण विष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओली एक मिनेट पनि सत्तामा बस्नलायक नभएको टिप्पणी गरेका छन् ।

नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले सर्वोच्च अदालतले हराउँदा समेत पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका हुन् ।

‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न । यो नैतिकता पनि होइन,’ उनले भने । नेता विष्टले नेकपाको आधिकारिताको पुष्टि आफ्नो पार्टीमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने बताए ।

उनले पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको भन्दै निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न पनि आफूहरुले नै पाउने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने दावी गरे ।