गोकर्णमा बस पल्टियो, सहचालककाे मृत्यु

गोकर्णमा बस पल्टियो, सहचालककाे मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना भएको छ ।

सुन्दरीजल रत्नपार्क रुटमा चल्ने बा १ ख ८७४४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना यात्रु घाइते भएका छन् ।

आज दिउँसो गोकर्णेश्वरको तालिनचोकमा बा१ख ८७४४ नम्बरको बस पल्टिँदा सहचालक सुन्दरीजलका सागर कुँवरको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।