काठमाण्डु- तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका छाड्न नपाउने आदेश फुकुवा गरिएको छ ।
भदौ २३ र २४ को घटना जाँचबुझ आयोगले शुक्रबार दुवाडीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो ।
उनी सार्वजनिक संरचना पुननिर्माण आयोजनाको संयोजक भएकाले सातै प्रदेशमा जानुपर्ने भएकाले सो रोक ७ दिनका लागि हटाइएको हो ।
आयोगले बोलाएको बेला बयानमा जतिबेला पनि आउनेगरी बन्देज हटाइएको छ ।
तर, विदेश भ्रमणमा लगाइएको रोक भने यथावत राखिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।





प्रतिक्रिया