शिक्षा विधेयक हेर्दा उँट जस्तो छ : गोकूल बाँस्कोटा


काठमाण्डु – नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकूल बाँस्कोटाले सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयक हेर्दा उँट जस्तो भएको टिप्पणी गरेका छन् ।

देशभरका शिक्षकहरूले काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेका बेला सामाजिक सञ्जालमा लेख्दै उनले शैक्षिक गुणस्तर, पेशागत र लगानीको सुरक्षा र शिक्षामा सबैको सरल पहुँच राज्यले सुनिश्चित गर्न सक्नुपर्ने जनाएका छन् ।

उनले लेखेका छन्, ‘विद्यालय शिक्षामा कानूनी सुधार गर्न सरकारले विधेयक पेश गरेपछि सार्वजनिक, निजी र उच्च माविमा अलपत्र परेका सबै शिक्षक संगठनहरू व्यापक विरोधमा उत्रेका छन् । शैक्षिक गुणस्तर, पेशागत र लगानीको सुरक्षा र शिक्षामा सबैको सरल पहुँच राज्यले सुनिश्चित गर्न सक्नुपर्छ । विधेयक हेर्दा उँट जस्तो छ ।’

संसद्मा पुगेको विधेयक सच्चिनुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement