काठमाडौं- पूर्व संचारमन्त्री गोकुलप्रसाद बांस्कोटाको घरमा बम विष्फोट भएको छ। प्रहरीकाअनुसार लोकन्थलीस्थित बांस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेट जांदा विष्फोट भएका हो । बांस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो । विस्फोटका कारण घरको भित्तामा क्षति पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बम विस्फोट विप्लव समुहले गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । बास्कोटाले संचारमन्त्री हुंदा विप्लप समुहबाट खतरा भएको भन्दै प्रहरीको पछुवा गाडी सुरक्षाका लागी लिएका थिए ।




प्रतिक्रिया