वार्ताको टेबलमा बसेर लिपुलेकबाट भारतीय फौज हटाउँछौंः प्रवक्ता बाँस्कोटा

वार्ताको टेबलमा बसेर लिपुलेकबाट भारतीय फौज हटाउँछौंः प्रवक्ता बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भारतीय अतिक्रमणमा परेको भूभागका विषयमा कूटनीतिक माध्यमबाटै समस्या समाधानको प्रयास भएको बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले मन्त्रालयमा गरेको नियमित पत्रकार भेटघाटमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूभाग नेपाली भूभाग हो भन्ने प्रमाण र तथ्यको आधारमा सरकारले कूटनीतिक पहल गरेर भारतीय फौज फिर्ता पठाउने बताएका हुन् ।

‘लिपुलेकबारे चर्का कुरा गरेर हुँदैन । कूटनीतिक माध्यमबाट वार्ताको टेबलमा बसेर भारतीय फौज हटाउँछौं,’ उनले भने,‘चीनसँगको सीमा विवाद समाधानका लागि समिति बनेको छ । समितिले अब काम थाल्नेछ ।’

उनले भने, ‘हामीले विभिन्न प्रमाण पुगेको जमिनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमिन एक इन्च पनि चाहिँदैन ।’

ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको उनको भनाइ छ ।

सुगौली सन्धिको धारा पाँचमा उल्लेख भएको काली नदीको मुहान विज्ञानको सिद्धान्त अनुसार तय हुनुपर्नेमा उनको जोड थियो ।

उनले भने, ‘हाम्रो पुर्खाको नासोको रुपमा रहेको जमिनको अधिकार स्थापित गर्ने कुरा हो । भारतले हाम्रो सार्वभौमसत्ता स्वीकार गर्नुपर्दछ ।’

उनले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई निम्तो पठाएको उल्लेख गर्दै सरकारले अन्य राष्ट्रप्रमुखलाई पनि निम्तो दिने बताए ।