राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते, अर्थमन्त्रीसहित १७ पद रिक्त (नामसहित)

राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते, अर्थमन्त्रीसहित १७ पद रिक्त (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना रहेका छन् ।

कार्यकाल सकिनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको दुई वर्षे पदावधि सकिँदैछ । अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।