सरकारले विश्वासको मत लिँदैन, भोटिङ गर्न परे हात उठाइन्छः प्रवक्ता बास्कोटा

सरकारले विश्वासको मत लिँदैन, भोटिङ गर्न परे हात उठाइन्छः प्रवक्ता बास्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा सरकारले विश्वासको मत लिन आवश्यक नपर्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका प्रवक्ता बास्कोटाले सरकारसँग स्पष्ट बहुमत यथावत रहेका कारण समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन आवश्यक नपर्ने जिकिर गरे ।

‘कुनै दल आएको थियो, निस्क्यो । प्रधानमन्त्रीको साथमा भएको बहुमत कायमै छ,’ उनले भने, ‘त्यो सो भए पछि यो (विश्वासको मत) विषय आफैं टुंगो लगाउनुस् । लिनु परे पनि लिँदा के हुन्छ ।’

सरकारका प्रवक्ता बास्कोटाले नेपालको कानुनले विश्वासको मत लिनुपर्ने भने पनि आफूहरुका लागि उक्त प्रक्रियामा जानु कुनै महाभारत नभएको पनि बताए ।

‘कानुनले विश्वासको मत लिनुपर्छ भन्छ भने हाम्रा लागि कुनै महाभारत होइन,’ सञ्चारमन्त्री बास्कोटाले भने, ‘भोटिङ गर्न परे पनि १० मिनेटको काम हो । हात उठाउने त हो उठाइन्छ ।’