सञ्चार राज्यमन्त्री र सार्क महासचिवबीच भेटवार्ता

सञ्चार राज्यमन्त्री र सार्क महासचिवबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा भएको भेटका क्रममा सार्क मुलुकमा सूचना, सञ्चार र प्रविधिको आदानप्रदानबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले दक्षिण एसियाली मुकुकको समग्र विकासका लागि सार्कलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए।

महासचिव सियालले नेपालमा संविधान जारीसँगै तीनै तहको निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल निर्माण योजनालाई सहयोग गर्न आफू तयार रहेको बताए।