काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा सैन्य गठबन्धन जोडिएको छ भनेर स्याल हुइयाँ गर्न आवश्यक नरहेको बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा एमसीसीबारे छलफल चलिरहेका बेला सञ्चारमन्त्री बास्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमसीसीमा सैन्य गठबन्धन नजोडिएको दाबी गर्दै स्याल हुइया नगर्न सचेत गराएका हुन् ।
‘एमसीसीमा सैन्य छ भनेर स्याल जस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ,’ उनले भने ।
सरकारका प्रवक्ता बास्कोटाले नेपाल कुनै पनि सैन्य गठबन्धनसँग संलग्न नहुने जिकिर गर्दै एमसीसीमा कुनै सैन्य गतिविधि नजोडिएको दोहोर्याए ।




प्रतिक्रिया