काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले सदनमा गरेको अपरोधप्रति रोष प्रकट गरेका छन् । सोमबार सिंहदरबारमा बसेको विकास तथा प्राविधिक समितिको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले कांग्रेसले संसदमा अवरोध गरेपछि कानुन निर्माण प्रभावित भएको बताए ।
संसदीय समितिमा युटिलिटी करिडोरबारे छलफल गर्न डाकिएको बैठकमा बोल्दै उनले भने, ‘एउटा राजनीतिक मुद्दालाई लिएर दिनका दिन सदन अवरुद्ध गरेपछि कसरी बन्छ कानुन ?’
बैठकमा बाँस्कोटाले पहिले सदन खोले मात्रै कानुन निर्माण अघि बढ्ने बताए ।
‘एक दिन राजनीतिक मुद्दा उठाएर सदन अवरुद्ध गरे पनि अर्को दिन त खोलिदिनु न’, उनले भने, ‘एउटा राजनीतिक मुद्दा उठाएर सदन अवरोध गरिरहने अनि कानुन खोजेर हुन्छ ? हामी कानुन ल्याउन तयार छौँ, तर सदन खोलेर सहयोग गर्नुपर्यो ।’




प्रतिक्रिया