म भोली कमरेडहरुसँगै बाच्नुपर्छः गोकुल बाँस्कोटा

म भोली कमरेडहरुसँगै बाच्नुपर्छः गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – सञ्चार तथा सुचना मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुख खोलेका छन् । बिहीबार बिहान कञ्चनपुरको पुर्नवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि भए व्यर्होने बताएका हुन् ।

सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । सोही विषयलाई लिएर उनले आन्दोलन र दललाई धोका नदिने बताए ।

‘यहाँ ७० करोडको कुरा छ होइन ? जतिसुकै करोडको कुरा होस् । मलाई के थाहा छ भने मैले आन्दोलनलाई धोका दिनुहुन्न । दललाई धोका दिनुहुन्न र म भोली कमरेडहरुसँगै बाच्नुपर्छ’, मन्त्री बाँस्कोटाले भनेका छन् ।

उनले आरोपहरुको पुष्टि हुन नसक्ने दावी समेत गरेका छन् । ‘यसको पुष्टि हुनुपर्यो, प्रमाण हुनुपर्यो । आरोपहरु अनेक लाग्न सक्छन् । उहाँले ७० करोड भन्नुभयो, उहाँले ३० करोड भन्नुभयो, ३० दिने की ७० दिने त ? १२ अर्वबाट घटेर करोडमा आएपछि किन चिन्ता गर्ने ? तर म माथि कुनै आरोप लाग्यो भने, मैले पुष्टि गर्नसक्नुपर्छ’, आफुमाथि लागेको आरोपबारे उनले भने ।