मन्त्री बाँस्कोटाले कर्मचारीलाई ‘मु…’ भनेपछि…

मन्त्री बाँस्कोटाले कर्मचारीलाई ‘मु…’ भनेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सूचना, संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले आपत्ति जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयलाई लिएर कर्मचारिहरुले कडा निन्दा गरेका हुन् ।

‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षा बोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो’ युनियन(सङ्घ)का उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौँ ।’

अपशब्द र अश्लील शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्ने समेत चेतावनी नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) केन्द्रीय कार्यसमितिले दिएको छ ।

‘अपशब्द र अश्लील शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्नैपनेृ दिन देख्न नपरोस्’ विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरेको सार्वजनिक भएको अडियोमा सुनिन्छ । ‘यस्तो कुरामा यी मु‘ कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्’ अडियो सम्वादमा मन्त्री बाँस्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु‘.ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ । अडियोको सुरुमै एजेन्टले मन्त्री बाँस्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ.. समय मिलाउनुहोला ।’