काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बाँस्कोटाले नैतिकताका आधारमा आफुले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
राजीनामापछि सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले लेखेका छन्, मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’




प्रतिक्रिया