संसदीय समितिप्रतिको आक्रोश पत्रकार सम्मेलनमा पोखे सञ्चार मन्त्रीले

संसदीय समितिप्रतिको आक्रोश पत्रकार सम्मेलनमा पोखे सञ्चार मन्त्रीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले होहल्लाले संसदीय समितिसँगको असन्तुष्टि पत्रकार सम्मेलनमा पोखेका छन्।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले केही दिन अघि बलिउड चलचित्रको आईफा अवार्ड रोक्न निर्देशन दिएको थियो। काठमाडौं महानगरपालिका सहआयोजक रहने र पर्यटन बोडको नेतृत्वमा अवार्ड हुने भनिए पनि अब नेपालमा नहुने पक्का भइसकेको छ। तर, संसदीय समितिले गहिरोसँग अध्ययन नै नगरी सो निर्देशन दिएको भन्दै मन्त्री बास्कोटाले आक्रोश पोखे।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘आईफामा के भएको थियो र। संसदीय समितिले दिने निर्देशन विषयको गहि-याईमा पुगेर दिनु पर्छ, होहल्लामा त्यत्तिकै भाषा जे पायो त्यही गरेर निर्देशन दिनुचाँही त्यति राम्रो हुँदैन ।’

मन्त्री बास्कोटाले आईफा अवार्ड विजनेशको प्रश्न भएको उल्लेख गर्दै त्यसमा नेपाल सरकारले आयोजनाका लागि सैद्धान्तिक स्वीकृति मात्रै दिएको उल्लेख गर्दै त्यसमा पैसा दिने कुनै निर्णय नगरिएको पनि पटक पटक दोहो¥याए । विश्वका विभिन्न २० वटा भन्दा बढी देशहरुमा आयोजना भइसकेको सो अवार्ड नेपालमा गरौं भन्ने प्रस्ताव आएको तर त्यसका मोडालिटीका विषयमा सरकारले छलफल गर्न तयार हुँदाहुँदै संसदीय समितिले हतारहतारमा ‘आकाश खसेजसरी, धर्ती भासिए जसरी’ निर्देशन दिनु आवश्यक नभएको उनको भनाई छ ।