काठमाडौं – मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटा घर फर्किएका छन् ।
झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्याएका हुन् ।
काभ्रे पुर्ख्यौली थलो रहेका बाँस्कोटाको घर भक्तपुरमा छ ।
मन्त्रालयमा छापाः
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मारिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका केही प्रहरीले सञ्चारमन्त्रीको निजी सचिवालयको कागजात जफत गरी सिलबन्दी गरेका छन् ।
उनीहरूले मन्त्रीका दराजमा रहेका कागजात पनि सिलबन्दी गरेका छन् । उनीहरू सादा पोसाकमा मन्त्रालय छिरेका थिए ।




प्रतिक्रिया