काठमाडौं – सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् ।
बुधबार ७० करोडको कमिसन डिल गरेको अडिओ टेप सार्वजनिक भएपछि छानविनलाई सघाउन भन्दै बाँस्कोटाले बिहिबार मन्त्री पदबाट राजीनामा दिएका थिए । यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने भन्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको स्रोतले जानकारी दियो ।
बाँस्कोटासँग छिट्टै अख्तियारले बयान लिने तयारी गरिरहेको पनि बुझिएको छ । बाँस्कोटाले राजीनामा दिएपछि उनको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिइसकेको छ । साथै सम्बन्धित निकायसँग सम्पूर्ण विवरण मगाइएको छ ।




प्रतिक्रिया