सरकारले ल्याउने अध्यादेशबाट तरङ्गित हुन ठाँनिन: गोकुल बाँस्कोटा

सरकारले ल्याउने अध्यादेशबाट तरङ्गित हुन ठाँनिन: गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले सरकारले पार्टी विभाजनको प्रावधान खुकुलो बनाउन ल्याएको अध्यादेश सामान्य विषय भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले राजनीतिक बजारमा भाईरल खबर साधारण बिषय भएको प्रतिक्रिया दिएका हुन् ।

‘दलहरु कानुनले भन्दाबढी दर्शनमा आधारित सिद्दान्त, बिचार, उदेश्य सहितको संगठनात्मक तथा भाबनात्मक प्रणालीमा एकताबध्द भएका हुन्छन् । तसर्थ तरङ्गित हुन आबश्यक ठाँनिन मैले त ।’

सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।