भारतीय र चिनियाँ सरकारले नेपाली सेनालाई सहयोग गरेकै छः प्रवक्ता बाँस्कोटा


काठमाडौं – सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको बताएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले राष्ट्रपति सीको भ्रमणले नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको बताए ।

उनले भने, भने, ‘चिनियाँ राष्ट्रपति भ्रमण हरेक हिसाबले सम्पन्न भयो । यो भन्नका लागि भनिएको होइन ।’

‘यो भ्रमणले नेपाल अन्तर्रा्ष्ट्रिय जगतमा चिनिएको छ,’ उनले भने, ‘अनेक कोणबाट राष्ट्रियरअन्तर्राष्ट्रिय मिडियामा कभरेज भएको छ ।’ भ्रमण ऐतिहासिक रूपमा सफल भएको उनले बताए ।

‘नेपाल अब भूजडित हुने राष्ट्रपति सीबाट प्रतिवद्धता व्यक्त भएको छ,’ उनले भने, ‘हाम्रो सम्भावनाको ढोका खुल्यो । अब हामी अप्ठेरोमा छैनौं भन्ने सन्देश दिएको छ ।’

भ्रमणबाट कनेक्टिभिटीका लागि रेल वे, विद्युत, सञ्चारलगायत क्षेत्रमा फाइदा हुने उनले बताए ।

विकास र समृद्धिका लागि चीनसँग रणनीतिक साझेदारी गरिएको पनि उनले बताए । सैनिक गठबन्धनका कुरामा नसोचिएको उनले जानकारी दिए ।

‘भारतीय र चिनियाँ सरकारले सेनालाई सहयोग गरेकै छ । सहयोगको स्वागत गरिएकै छ । अन्य हिसाबले व्याख्या गर्नुपर्ने छैन,’ उनले भने ।

शंका र अविश्वासमा नगइ नीति र क्षमतामा विश्वास गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement