ओलीकै कारण नेकपा ठूलो पार्टी भएको हो, आलोचना गर्ने भए पुरानै पार्टीमा फर्किनुस्ः गोकुल बाँस्कोटा

ओलीकै कारण नेकपा ठूलो पार्टी भएको हो, आलोचना गर्ने भए पुरानै पार्टीमा फर्किनुस्ः गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेलाई पुरानै पार्टीमा फर्कन चेतावनी दिएका छन् ।

एक अनलाईनसँगको अन्तरवार्तामा बाँस्कोटाले नेकपा पार्टी प्रधानमन्त्री ओली कै कारण ठूलो पार्टी भएको उल्लेख गर्दै प्रधानमन्त्री विरुद्ध क्लव बनाएर षडयन्त्र गर्ने भए पुरानै पार्टीमा फर्कन चेतावनी दिएका हुन् ।

कसैलाई केही हुन मन लाग्यो भनेर नहुने बताउँदै उनले अहिले नेकपाको धेरै कुरा अन्तरिम भएकाले कसैले बालहठ गर्नुको अर्थ नभएको बताए ।

‘अव त अति भो कचकच । नेताहरुको तरिकाले कार्यकर्ता पनि वाक्क दिक्क भइसके । सकिन्छ मिलेर गरौँ सकिदैन भने आ–आफ्नो पहिलाको पार्टी छ त्यतै लागौँ । सधैँ गनगन नगरौँ ।’ नेता बाँस्कोटाले अहिले जे जति हल्ला भएपनि अन्त्यमा कुरा मिल्ने र पार्टीमा कुनै भूकम्प नआउने दावी समेत गरे ।

केपी ओलीकै कारणले नेकपा ठूलो पार्टी भएको र जनताले निर्वाचित गरेकाले उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने र महाधिवेशनमा नजादाँसम्म पार्टीमा दुई ओटा पाईलट रहने बैधानिक व्यवस्था नै रहेको तर्क गरेका छन् ।नेकपामा अहिले गुटगत राजनीति हावी छ । एक गुटले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

प्रधानमन्त्रीको कार्यशैली र अभिब्यक्तिका कारण रुष्ट भएका नेताहरुले उनको राजिनामा मागेका हुन् । प्रधानमन्त्रीको राजिनामा माग गर्दै आएका कारण ओलीले स्थायी समिति बैठक समेत टार्दै आएका छन् भने संसद बैठक समेत स्थगत गर्ने निणर्य गरेका छन् । ओलीको यस्तो कृयाकलापले नेकपामा थप विवाद चुलिएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्षवाट राजिनामा दिनुपर्ने माग गर्दै आइरहेका छन् भने प्रधानमन्त्रीले आफुले कुनै पनि पदबाट राजीनामा नदिने अडान लिँदै आइरहेका छन् ।