पार्टी एकताबारे गोकुल बाँस्कोटाको प्रश्नः खिचडी पकाउने कमरेडहरु नै थाके कि के हो ?

पार्टी एकताबारे गोकुल बाँस्कोटाको प्रश्नः खिचडी पकाउने कमरेडहरु नै थाके कि के हो ?


काठमाण्डु – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीको एकताबारे भइरहेको प्रयासबारे आशंका व्यक्त गरेका छन् ।

सोमबार ट्वीटमार्फत पूर्वमन्त्रीसमेत रहेका नेता बाँस्कोटाले पार्टीलाई एकताबद्ध बनाउन लागिपरेका नेताहरुको कार्यशैलीमाथि आशंका व्यक्त गरेका हुन् ।

एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका नेताहरु नै थाकेको भन्दै उनले अदालतमा बुझाएको सही फिर्ता लिने, २०७५ जेठ ३ अघिको बैठक बस्न नमाने एकताको पहल नगर्न सुझाव दिएका छन् ।

‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? खिचडी पाक्ने त हो(होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन’, उनले भनेका छन्, ‘अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’