एमालेको झगडामा नपर्न कांग्रेस, माओवादीलाई गोकुलको सुझाव

एमालेको झगडामा नपर्न कांग्रेस, माओवादीलाई गोकुलको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका केन्द्रिय सदस्य गोकुलप्रसाद बाँस्कोटाले एमालेको झगडामा नपर्न काग्रेस–माओवादी मोर्चालाई सुझाब दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता बाँस्कोटाले पार्टीभित्रको बिवाद हल गरी सहमतिको विन्दु पहिचान गर्न एमाले कार्यदलका नेताहरु जुटिरहेको बेला एमाले झगडामा धुरा पसेर काग्रेस–माओवादीले खेल्न खोजे भन्दै एमालेको झगडामा नपर्न सुझाव दिएका हुन् ।

नेता बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, दुई भेडा जुधीरहेको बेलामा तेस्रो भेडा जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ । एमाले झगडामा धुरा पसेर काग्रेस–माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन ।’

आजै एमालेको माधव कुमार नेपाल समूहले आफू निकटका स्थायी कमिटि सदस्यको बैठक बोलाएको छ । आजको बैठकले एमालेमै रहने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा पछि लाग्ने भन्नेमा छलफल हुने बताईएको छ ।