काठमाण्डु- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि व्यंग्य गरेका छन् । आइतबार बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटमार्फत पशुपतिनाथमा सुनको जलारी र ठोरीस्थित राम मन्दिरको विरोध गर्नेहरूले होली वाइन र भैँसी पूजामा सरिक भएको बताएका हुन् ।
उनले मान्छे भएपछि धर्मसंस्कृतिसँग जोडिनै पर्ने तर्क गर्दै छुवाछूत हिन्दु धर्म संस्कृतिको अंग नभएको दाबी गर्दै प्रचण्डलाई भैंसी पूजा गरेर राम मन्दिरको विरोध किन भन्दै व्यंग्य गरेका छन्।
उनले ट्वीटमा लेखेका छन्, ‘व्यक्ति र धर्म जोडिएकैछ । थिएन भने भैंसी पुजा र होली वाइन समारोह किन आयोजना गरिए? जलारी र राम मन्दिरको विरोध चै किन? युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो। छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो, हिन्दु संस्कृतिको अंग होइन्। लुकेर चिना हेराउनी, फुटानी लाउने। ’
ब्यक्ति र घर्म संस्कृति जोडिएकैछ।थिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिए?जलारी र राम मन्दिरको विरोध चै किन?युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो।छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो,हिन्दु संस्कृतिको अंग होईन।लुकेर चिना हेराउनी,फुटानी लाउने।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 15, 2021




प्रतिक्रिया