कांग्रेस परिवर्तन हुने गुणात्मक रुपान्तरणको आधार देखिएनः गोकुल बाँस्कोटा

कांग्रेस परिवर्तन हुने गुणात्मक रुपान्तरणको आधार देखिएनः गोकुल बाँस्कोटा


काठमाण्डु – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसमा नीतीगत परिवर्तन हुने गरी कुनै गुणात्मक रुपान्तरणको आधार नदेखिएको बताएका छन् । उनले १४औँ महाधिवेशनबाट उपसभापति र महामन्त्रीलगायतका पदमा युवा नेताहरु विजयी भएपनि कांग्रेस पार्टी रुपान्तरणको आधार नदेखिएको बताएका हुन् ।

नेता बाँस्कोटाले कांग्रेसको परिणाम आउँदै गर्दा केहीलाई अब उधुम नै हुन्छ भन्ने भ्रम मात्रै फैलिएको दाबी गरे ।

उनले भनेका छन्,‘कांग्रेसको परिणाम आउदै गर्दा केही मान्छे अब कांग्रेसमा उधुम नै हुन्छ भन्ठान्दा रहेछन् । तर मैले चै नीतिगत परिवर्तन हुने गरी कुनै गुणात्मक रुपान्तरणको आधार देखेको छैन । जितीसकेका र जित्दै गरेकालाई एकमुष्ठ बधाई ।’

कांग्रेस उपसभापितमा युवापुस्ताका धनराज गुरुङ र महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए । अरु पदहरूमा पनि युवा पुस्ताका नेताहरूको वर्चस्व देखिएको छ । कांग्रेस पदाधिकारीमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक अरु सबै नयाँ छन् ।