सरकारका प्रवक्ताको प्रश्नः भिटेनका गीत परिवारसँग बसेर सुन्न सक्नुहुन्छ ?

सरकारका प्रवक्ताको प्रश्नः भिटेनका गीत परिवारसँग बसेर सुन्न सक्नुहुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका प्रवक्ता गोकुल बास्कोटाले र्‍यापर भिटेनका गीत परिवारसँग बसेर सुन्नै नसक्ने भएको बताएका छन् । उनले नेपाली समाजको मौलिकपन रहेको र स्वतन्त्रताका नाममा समाजको मूल्य मान्यता भत्काउन नहुने बताए ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई भिटेन पक्राउबारे सोधिएको प्रश्न मा यस्तो जवाफ दिएका हुन् ।

उनले भने, ‘दिदी, भाइ बहिनी आमा र परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ?’

प्रहरीको बर्दी लगाएर अपशब्द प्रयोग गरेको भन्दै प्रहरीले आज भिटेनलाई पक्राउ गरेको छ । साथै उनले गाएको ‘हामी यस्तै त होनी ब्रो’ गीतलाई युट्युबबाट हटाएको प्रहरीले जनाएको छ ।