काठमाण्डु– एमाले नेता गोकुल बाँसकोटाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरिएको विषयमा आपत्ति जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले ‘फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधिशास्त्रबाट अभियोग प्रमाणित भएपछि मात्र फाँसी दिन मिल्ने बताएका छन् ।
विगतमा राणा, राजा, दलहरु सबैले शक्तिको उपभोग गरेको स्मरण गराउँदै बाँसकोटाले लोकतन्त्रमा अन्तिम शक्तिको श्रोत जनता हुने उल्लेख गरे ।
गल्ती पुष्टि भए कसैले ‘रेड कार्पेट खोज्न’ नमिले नमिल्ने र शक्ति प्रदर्शनका श्रृंखला अतिवादमा रुपान्तरण हुन जाने विषयमा सत्तारुढ रास्वपालाई सचेत गराए ।
‘फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधीशास्त्र बाट अभियोग प्रमाणीकरण भएपछि मात्र चढाउन मिल्छ’, बाँसकोटाले लेखेका छन्, ‘शक्ति को सँग थिएन ? राणा, राजा, दलहरु तर, लोकतन्त्रमा अन्तिम शक्तिको स्रोत जनता र कानुनमा निहीत हुन्छ । गल्ती पुष्टि भए कसैले रेड कार्पेट खोज्न मिल्दैन, छैन भने शक्ति प्रदर्शनका श्रृंखला अतिवादमा रुपान्तरण हुन जान्छ । सत्तासिनले जानेकै होलान । अरु के भन्नु त ।’
पौडेललाई पार्टी कामको सिलसिलामा सुर्खेत पुगेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार पक्राउ गरेको थियो । उनलाई मंगलबार काठमाण्डौं ल्याइएको छ ।




प्रतिक्रिया