काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम नेकपा काभ्रेपलाञ्चोकका इञ्चार्ज गोकुलप्रसाद बाँस्कोटाले पार्टीको एकता सम्पन्न गरेर औपचारिक रुपमा पार्टी बनिसकेको उल्लेख गर्दै नेकपा काभ्रेमा ड्रागन बनेको बताएका छन् ।
नेकपा काभ्रेपलाञ्चोकले बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
अब पार्टी एकताबद्ध भइसकेको र जिल्लाको सबै स्थानीय तह जित्नका लागि पनि एकताले नयाँ शक्ति पैदा गरेको उनले बताए ।
‘हाम्रो यात्रा चुनावदेखि चुनावसम्म तथा सांसद र मन्त्रीको लोगो भिर्नका लागि मात्रै नभई समृद्ध राष्ट्र निर्माणका लागि हो,’ उनले भने । आत्मनिर्भर राष्ट्र निर्माणका लागि सम्पूर्ण स्रोतसाधन र सीपको एकमुस्ट परिचालन आवश्यक भएको उनको भनाइ थियो ।
नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले सरकारले जनताको साथमा नै गएर काम गर्न सक्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया